खुलामञ्चमा सवारी पार्किङ गर्न राेक

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा अनाधिकृत रुपमा भईरहेको पार्किङ हटाउन भएको छ ।

महानगरपालिकाले अकुपाईं टुँडिखेलको कार्यक्रम अन्तर्गत अभियान्ताहरूको सहकार्यमा खुलामञ्चमा सूचना टाँस गरी माघ १ गते (बुधबार) देखि खुलामञ्चमा पार्किङ गर्न नदिने निर्णय गरेको हो ।

‘ऐतिहासिका खुलामञ्चको गरिमालाई कायम राख्न’ भन्दै महानगरले उक्त निर्णय गरेको जनाएको छ । खुलामञ्चमा सर्वसाधारणदेखि सरकारी कर्मचारीले समेत नि:शुल्क पार्किङ गर्दै आएका छन्।

खुलामञ्चमा पार्किङ गरेर अस्तव्यस्त भएको र खुला स्थान नभएको भन्दै अकुपाईं टुँडिखेलका अभियन्ताहरूले त्यहाँ पार्किङ गर्न नदिन महानगरपालिकालाई पटक-पटक पत्राचार गर्दै आएका थिए।

अकुपाईं टुँडिखेलले टुँडिखेल खुला हुनुपर्ने माग गर्दै कात्तिक २३ गते मानव साङलो निर्माण गरि उक्त अभियान सुरु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here