‘कनिका छरे जस्तो विज्ञापन गर्दैमा भ्रमण वर्ष सफल हुँदैन्’

काठमाडौं, २८ पुस । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को केन्द्रीय कार्य समितिको निर्वाचनमा शुक्रवार हुँदैछ । निर्वाचनका लागि तीन प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचनमा अध्यक्षताको लागि तीन अलग अलग समुहले आ-आफ्ना प्यानल घोषणा गरिसकेका छन् । आफ्नो समूह कुनै निश्चित राजनीतिक पार्टीको नभई व्यवसायीहरुको साझा र समावेशी टिम रहेको दावी गर्दै सत्तारुढ नेकपाको एउटा र विपक्षी नेपाली कांग्रेस समर्थित दुई अलग प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

तिनै समुहमध्ये एक समहुकी अध्यक्ष प्रत्यसी महिला उद्यमी मिहिका राज्यलक्ष्मी शाह धाख्वाले भ्रमण वर्षको व्यवस्थापन कमजोर भएको बताएकी छिन् ।

क्याउड पत्रिकासँगको कुराकानीमा उनले सरकारले नेपाल भ्रमण वर्षको सुरुवात निकै धुमधामसंग गरेपनि त्यसको व्यवस्थापनको कतिपय कुरामा कमजोरी रहेको बताईन् ।

‘हामीले भ्रमण वर्षको उद्घाटन त निकै तामझामका साथ गर्यौं, तर यसको व्यस्थापनको कुरामा भने हामी केही चुकेको जस्तो लाग्छ’ उनले भनिन्, ‘नाटा जस्तो निजी संस्थाले यसको व्यवस्थापनमा ध्यान दिनुपर्छ ।’

भ्रमण वर्षको व्यवस्थापन तथा यसको दिगो विकास गर्नको लागि नाटा जस्तो संस्थाले सहयोग गर्नुपर्ने उनले बताईन् । धाख्वा समूहका सदस्यहरुको ब्यक्तिगत विवरण र भावी कार्ययोजना समेटिएको प्रतिबद्धतापत्रमा पर्यटन प्रर्वद्धन गर्न सरकारी स्तरमा पहल गर्ने, पर्यटक गन्तब्यलाई पर्यटक मैत्री बनाउने, टुरिष्ट बसपार्क ब्यवस्थाकोलागि पहल गर्ने रहेको छ ।

त्यस्तै क्षेत्रीय गन्तब्यको विकास र प्रर्बद्धन गर्न अन्तर्राष्ट्रिय हवाई कम्पनीसँग समन्वय गर्ने, अनाधिकृत रुपमा सञ्चालित टुर एवम ट्राभल्सलाई नियन्त्रणमा लिने, नाटा मितिया एण्ड रिसर्च सेन्टरलाई समयानुकुल विस्तार गर्ने,

नाटा बेभसाईडलाई बीटुसी प्लेटफर्मको रुपमा विकास गर्ने, बास्केट फण्डको विकास गर्ने, भुक्तानी नेपाली मुद्रामै गर्न बीएसपी भुक्तानीको ब्यवस्था मिलाउने र बर्तमान कार्यसमितिले अगाडि बढाएका योजनालाई निरन्तरता दिने रहेको छ ।

जसमा सन् २०१६ मा २ लाख ५० हजार चिनियाँ पर्यटक भित्राउने लक्ष्य पुरा गर्न सक्रिय रहने, नाटा ५० वर्ष पुगेको उपलक्ष्यमा गोल्डेन जुब्ली वर्षको रुपमा मनाउने, चिनिया पर्यटकहरुमाझ गन्तब्य नेपाललाई स्थापित गर्ने कार्यकालागि आवश्यक तालिम, अनुसन्धान तथा ब्राण्डिङ गर्ने कार्य गर्न चिन आउटबण्ड टुरिज्म रिसर्च ईन्स्टीच्यूटसँग साझेदार गर्ने रहेको छ ।

संस्था र संस्थाका सदस्यको दुरी बढ्यो यसलाई कम गर्छु

अध्यक्ष प्रत्यासी शाहले नाटा संस्था र यसका सदस्यहरुकाबीच दुरी बढ्दै गएको कारण आफ्नो प्रमुख एजेण्डा संस्था र सदस्यबीचको दुरी कम गर्नु रहेको बताएकी छिन् ।

‘संस्था र सदस्यबिचको दुरी निरन्तर घट्दो क्रममा छ’ उनले भनिन्, मेरो प्रमुख एजेण्डा नै संस्था र संस्थाका सदस्यहरुको सम्बन्ध बढाउदै संस्थालाई बलियो बनाउनु छ ।’

संस्था बलियो भएमा मात्रै अन्य कुरामा ध्यान दिन सकिने भएको कारण पहिलो प्राथमिकता संस्थालाई बलियो बनाउनुमा नै केन्द्रित रहेको उनले बताईन् ।

पर्यटन क्षेत्रलाई बजेट कम भयो

सरकारको यति ठूलो योजनामा पयर्टन क्षेत्रलाई विनियोजन गरेको बजेट नै कम भएको अध्यक्ष प्रत्यासी साहले बताइन् ।

‘सरकार यति ठूलो योजनाको सुरुवात गर्छ तर, बजेट विनीयोजनको लागि भने डराउछ’ उनले भनिन्, ‘१५ खर्बको बजेटमा कमसेकम ५ देखि १० प्रतिशत बजेट त पर्यटन क्षेत्रलाई छुट्याउनु पर्यो नि ।’

सरकारसंग छलफल र सहकार्य गर्दै पर्यटन क्षेत्रको लागि विकासको लागि सहयोग गर्नु एजेण्डा रहेको उनले बताइन् ।

कनिका छरेको जस्तो विज्ञापन गर्दैमा भ्रमण वर्ष सफल हुँदैन्

हरेक क्षेत्रमा कनिका छरेको जस्तो विज्ञापन छर्दैमा मात्रै भ्रमण वर्ष सफल बनाउन नसकिने कुरा अध्यक्ष प्रत्यासी शाहले बताएकी छिन् ।

‘विज्ञापन दिने पनि निश्चीत क्षेत्र हुन्छ, ठाउँ हुन्छ’ उनले भनिन्, ‘कनिका छरेको जस्तो विज्ञापन गर्दैमा भ्रमण वर्ष सफल हुँदैन्’

सरकारले एउटा निश्चीत योजना तर्जुमा गर्दै आवश्यक परेको स्थानमा विज्ञापन दिने र बाँकी समय पुर्वाधार निर्माणमा खर्च गर्न सकेमा मात्रै भ्रमण वर्ष सफल हुने उनले बताईन् ।

सरकारको योजनामा पूर्ण सहयोग हुनेछ

भ्रमण वर्ष निजी क्षेत्रको पहलमा सरकारले आयोजना गरेको कार्यक्रम भएको कारण यसमा आफ्नो र आफ्नो प्यानलको पूर्ण समर्थन रहने कुरा अध्यक्षी प्रत्यासी शाहले बताइन् ।

‘सरकारको हरेक योजनामा हाम्रो पुर्ण सहयोग हुनेछ’ उनले भनिन्, ‘भ्रमण वर्ष सफल बनाउनको लागि हाम्रो तर्फबाट सम्भव भएसम्मका सबै सहयोग गर्न हामी तयार छौं ।’

निर्वाचनको लाथि शाहको १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा नारायण गुरुङ कोने, उपाध्यक्षमा रमेश थापा, महासचिव कमला गुरुङ, सचिव अमृत ढकाल, कोषाध्यक्ष देवकी गुरुङ र सहकोषाध्यक्षमा फुदोमा शेर्पा रहेका छन् ।

कार्यसमिति सदस्यमा विजय राई, सुजिता गजमेर, विष्णु बस्नेत, सुवास महर्जन, सागर अधिकारी, भरतजंग पाण्डे, सिर्जना महर्जन र राजकुमार देवकोटाले मनोनयन दर्ता भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here