नम्बर प्लेट नभएको लक्जरी कार चलाउँदा ४४ लाख जरिवाना

काठमाडौं । कारमा नम्बर प्लेट तथा आवश्यक कागजात नराख्नु एक कार मालिकको लागि निकै महङ्गो सावित भएको छ ।

कारमा नम्वर प्लेट र आवश्यक कागजात नराख्दा २६ लाख ६८ हजार भारु अर्थात ४४ लाख २८ हजार रुपैयाँ नेपाली जरिवाना परेका छन् ।

यो घटना हाम्रै घिमेकी राष्ट्र भारतको हो । भारतको गुजरातमा एक लक्जरी कारका मालिकलाई स्थानीय प्रहरीले उक्त जरिवाना लगाएको हो ।
प्रहरीका अनुसार उक्त कारको मूल्य २ करोड १८ लाख भारु रहेको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here