श्री एयरलाइन्सले टर्बोप्रोप क्यु मार्फत काठमाडौं जनकपुर उडान भर्दै

काठमाडौं, २९ पुस । निजी क्षेत्रको वायुसेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले माघ १ गतेदेखि जनकपुरमा नियमित उडान शुरु गर्ने भएको छ।

श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत जनकपुर उडान गर्न लागेको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिए।

उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मंसिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो। श्रीले अहिले भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा उडान भर्दै आएको छ। कम्पनीले निकट समयभित्रै सिमरा र पोखरामा पनि उडान भर्ने तयारी गरेको छ।

श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन्। एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here