नेपाली भूमिमा भारतीय ज्यादती, जंगे पिल्लर नजिकै ट्याक्टर चल्यो

पप्पु गुरुङ्ग

दोधारा, २९ पुस । माहाकाली नगरपालिकामा नेपाली भूमि कब्जा गर्ने भारतीय कसरत जारी रहेको छ । यस क्षेत्रका भारतीयहरुले नेपाली भूमि कब्जा गर्ने प्रयास गरको पहिलो पटक भने होइन् ।

केहि वर्षदेखिको प्रयास जारी नै रहेको छ । नेपालको तर्फबाट स्थानियले नै प्रतिकार गर्नु बाहेर सरकारको तर्फबाट खासै पहल भएको देखिदैन् । माहाकाली नगरपालिका वडा नं. ८ सुन्दरनगरको नेपाल–भारत सीमा स्तम्भ १७ नजिक रहेको नेपालीको जग्गा सोमवार बिहान भारतीयहरुले ट्याक्टरले जोत्न थालेका थिए ।

२०२४ साल देखी लक्ष्मण बहादुर पुनले भोग चलन गर्दै आएको उक्त जग्गामा केही महिना देखी भारतीयहरुले आफ्नो क्षेत्रमा गम्ने कसरत गरिहेको स्थानियहरुको भनाई रहेको छ ।

सोमवार ट्याक्टर सहित आएका भारतीयहरुले लक्ष्मण बहादुर पुनले लगाएको मसुरो वाली खेतमा जोतेका छन् । स्थानियहरुले नेपाली भुमीमा भारतीय नागरिकले खेत जोत्न लागेको खबर पाएपछि खेतमा पुग्दा नपुग्दै ट्याक्टर लिएर भारतियहरु भागेका स्थानियहरुले बताएका छन् ।

जंगे पिल्लरको नजिकै रहेको करिब डेढ कट्टा जग्गा आफ्नो नाममा रहेको लक्ष्मण बहादुर पुनले बताए । ‘२०२४ साल देखी भोगचलन गर्दै आएको र २०६७ सालमा आफने नाममा दर्ता भएको र अहिले आएर हाम्रो जग्गा हो भन्दै भारतियहरुले बिबादमा ल्याउदै आएका छन्’ लक्ष्मण बहादुर पुनले दुखेशो पोखे– ‘हामीले के गर्ने ?

केही दिन अघि पनि भारतीयहरुले उक्त जग्गा मेरो हो भन्दै दाबी गरेपछि स्थानियवासी, दुबै देशका सुरक्षा अधिकारी बसेर छलफल समेत गरेको उनले बताए ।

उक्त छलफलमा विवाद भएको कारण सीमा सुरक्षा बिज्ञले मात्रै उक्त विवाद सुल्झाउने बताउँदै कुनै पक्षले पनि खनजोत नगर्न सल्लाह दिएको लक्ष्मण बहादुर पुनले बताएका छन् ।

‘दशजगा र जंगे पिल्लर देखी टाढा छ । प्रष्ट नेपाली भुमी भएको देख्दा देख्दा पनि मेरो जग्गालाई भारतीय क्षेत्रमा गाभ्ने कसरत भएको छ्’ लक्ष्मण बहादुर पुनले भने ।

नेपाली जग्गामा भारतियको हस्तक्षेप बढ्न थालेपछि स्थानियहरुमा त्रास छाएको छ । ‘कुन दिन सुन्दरनगर पुरै हाम्रो हो भन्न भारतीयहरुले बेर लगाउदैनन्’ स्थानियहरु भन्छन् । स्थानियवासी मान बहादुर गुरुङ्गका अनुसार बिगत केही दिन देखि लक्ष्मण बहादुर पुनको करिब डेढ कट्टा जग्गामा भारतीयहरुले नजर राख्दै आएको बताएका छन् ।

उनका अनुसार सीमाक्षेत्रमा जोडिएको जग्गामा सुन्दरनगर आसपास क्षेत्रमा समय समयमा भारतिय नागरिकहरुले अतिक्रमण गर्ने प्रयास भईरहेको बताएका छन् । सुरन्दरनगर क्षेत्रमा रहेको लक्ष्मण बहादुर पुनको जग्गा अतिक्रमण गर्ने कसरतमा भारतिय सिमा सुरक्षा बलको हात रहेको स्थानियहरुको भनाई रहेको छ ।

नेपाली नागरिकले विरोध गर्दा भारतिय सिमा सुरक्षा बल (एसएसबी) को आडमा भारतीयले ज्यादती गर्ने गरेको गुनासो स्थानीयहरुको रहेको छ ।

अतिक्रमण रोक्ने र नियन्त्रण गर्ने मजवुत सरकारी संयन्त्र माहाकाली नगरपालिका नेपाल–भारत सिमा क्षेत्रमै नहुदाको फाईदा उठाउदै भारतीयले मनमौजी हिसावमा कार्य गर्दै आएको स्थानीयको गुनासो छ ।

संख्यात्मक हिसावमा नेपाल सुरक्षाकर्मी थोरै भएकाले पनि भारतीयले नटेर्ने गरेको बताईएको छ् । भारतीयको पछिल्लो गतिविधी हेर्दा सुन्दरनगर आसपास दशगजा क्षेत्रमा नेपाली भूमि अतिक्रमणको योजना बुनेर अघि बढ्न थालेको स्थानियहरुको आशंका रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here