‘फ्रि भिसामा नेपाली लाने देशका पर्यटकलाई फ्रि भिसामै आउने सुविधा दिनुपर्छ’

काठमाडौं, २९ पुस । नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को केन्द्रीय कार्य समितिको निर्वाचनमा शुक्रवार हुँदैछ । निर्वाचनका लागि तीन प्यानल प्रतिस्पर्धामा उत्रिएका छन् ।

निर्वाचनमा अध्यक्षताको लागि तीन अलग अलग समुहले आ-आफ्ना प्यानल घोषणा गरिसकेका छन् । आफ्नो समूह कुनै निश्चित राजनीतिक पार्टीको नभई व्यवसायीहरुको साझा र समावेशी टिम रहेको दावी गर्दै सत्तारुढ नेकपाको एउटा र विपक्षी नेपाली कांग्रेस समर्थित दुई अलग प्यानल चुनावी मैदानमा उत्रिएका छन् ।

तिनै समुहमध्ये अध्यक्ष उम्मेदवार मध्येका एक प्रत्यासी भीम प्रसाद पन्तले भ्रमण वर्ष सफल बनाउनको लागि नेपालीलाई फ्रि भिसामा आफ्नो देश लगेका देशका नागरिकलाई नेपाल फ्रि भिसामा नै आउने व्यवस्था मिलाउनुपर्ने बताएका छन् ।

क्लाउड पत्रिकासँग कुरा गर्दै उनले भने ‘हामी भ्रमण वर्ष मनाईरहेका छौं, यदी साच्चै भ्रमणवर्ष प्रभावशाली र स्तरीय बनाउने हो भने हामीलाई जुन जुन देशले फ्रि भिसाको व्यवस्था मिलाएका छन् ती देशका नागरिकलाई पनि नेपाल फ्रि भिसामा नै आउने व्यवस्था मिलाउनुपर्छ’ ।

सम्पदाको पुनः निर्माणमा विशेष ध्यान दिनुपर्छ

भुकम्पबाट क्षतिग्रस्त भएका विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाको पुनः निर्माणमा सरकारले विशेष ध्यान नदिएको बताउदै आफ्नो मूख्य एजेण्डा नै यी सम्पदाको पुनः निर्माण र संरक्षण गर्नु भएको पन्तले बताएका छन् ।

‘विश्व सम्पदा सूचिमा सूचिकृत सम्पदाको पुनः निर्माणमा सरकारले विशेष ध्यान पुर्याउन सकेन्’ उनले भने, ‘मेरो मुख्य योजना वा एजेण्डा नै यस्ता सम्पदाको संरक्षण गर्नु हो ।’

यस्ता सम्पदाहरुको कारण नै नेपालको अस्तित्व रहेको बताउदै यी सम्पदाको संरक्षणमा सबैभन्दा पहिले ध्यान दिनुपर्ने बताए ।

पर्यटन बोर्डमा निजी क्षेत्रको पहुँच वृद्धि गर्छु

नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रको पहुँचमा वृद्धि गरेमा मात्रै पर्यटन क्षेत्रको विकास हुने बताउदै आफ्नो प्रमुख योजना नै हरेक सरकारी क्षेत्रमा निजी क्षेत्रको पहुँच विस्तार गर्नु रहेको बताएका छन् ।

‘सरकारको हरेक योजना सफल बनाउनको लागि निजी क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ’ उनले भने, ‘भ्रमण वर्ष पनि यसको एउटा उदाहरण हो, त्यसकारण पर्यटन बोर्ड तथा अन्य विभिन्न क्षेत्रमा जिनी क्षेत्रको भुमिका र पहुँच वृद्धि गर्नु मेरो प्रमुख एजेण्डा रहेको छ ।’

भ्रमण वर्ष सफल बनाउन सम्भव भएसम्मको सबै सहयोग गर्छु

सरकारले घोषणा गरेको भ्रमण वर्षको सफलता र भव्यताको लागि सम्भव भएसम्मको सबै कार्य गर्ने अध्यक्ष प्रत्यासी पन्तले बताए । ‘सरकारको निती तथा योजनालाई पुर्ण रुपमा सहयोग गर्दै निजी क्षेत्रको क्षमता वृद्धिमा विशेष ध्यान दिने पन्तले बताए ।

पन्तको समूहबाट वरिष्ठ उपाध्यक्षमा बिनय बस्नेत, उपाध्यक्षमा बरुण मेहता र महासचिवमा सुधीरकुमार उपाध्याय पौडेल उम्मेदवार रहेका छन् । त्यस्तै सचिवमा जिस्वान तुलाधर श्रेष्ठ, कोषध्यक्षमा हरिभक्त श्रेष्ठ र सहकोषाध्यक्षमा युविका भण्डारी उम्मेदवार रहेका छन् ।

कार्यकारी सदस्यको उम्मेदवारमा सुवर्ण श्रेष्ठ,हरिकुमार श्रेष्ठ, विष्णु कार्की, लक्ष्मी कार्की अधिकारी, चुडावहादुर जिम्बा, गीता ढकाल, डेण्डी शेर्पा र रामशोभित नायक रहेका छन् ।

‘कनिका छरे जस्तो विज्ञापन गर्दैमा भ्रमण वर्ष सफल हुँदैन्’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here