अजय देवगको ‘ताना जी’ लाई यूपीमा ट्याक्स फ्रि

काठमाडौं । बलिउड स्टार अजय देवगको पछिल्लो फिल्म ‘ताना जी’ लाई यूपीमा ट्याक्स फ्रि भएको छ ।

योगी आदित्यनाथ र अजय देवगनको कुराकानी पश्चात यूपी सरकारले फिल्मलाई ट्याक्स फ्रि गरिएको भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।

ट्याक्स फ्रि बताएपछि उक्त फिल्मको टिकट ३० देखि ४० रुपैयाँसम्म सस्तो हुने बताईएको छ ।

गत शुक्रवारदेखि प्रर्दशनमा आएको फिल्मले हालसम्म ७० करोड भन्दा बढीको व्यापार गरिसकेको छ । फिल्ममा अजय देवगन र उनकी श्रीमति काजलको मुख्य भुमिका रहेको छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here