विनय मोहन क्वात्रा नेपालका लागि भारतको नयाँ राजदूत

काठमाडौं, २९ पुस । नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्‍वात्रा नियुक्त भएका छन्।

अघिल्लो महिना भारतीय राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि भारतले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो।

भारतको मन्त्रीपरिषद्ले सोमबार उनलाई नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।

उनी यसअघि सन् २०१७ अगस्टसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरिसकेका छन् ।

सन् २०१० मेदेखि सन् २०१३ जुलाइसम्म उनले अमेरिकाको वासिङ्टन डिसीस्थित भारतीय दूतावासमा काम गरेका थिए। उनी भारत र भारतबाहिर विभिन्न कूटनीतिक मिसनमा पनि सहभागी थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here