ज्योति विकास बैंकको खुद नाफा ५४ प्रतिशतले वृद्धि

काठमाडौं, २९ पुस । ज्योती विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि गरेको छ ।

बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३ लाख ४२ रुपैयाँ पुगेको हो । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रुपैयाँ रहेको थियो ।

बैंकको मंगलबार भएको १२ औं वार्षिक साधारणसभाले निक्षेप संकलन पनि वृद्धि भएको जनाएको छ । गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले वृद्धि भइ २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ ।

गत आर्थिक वर्षमा बैंकका कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख रुपैयाँ पुगेको छ, भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख रुपैयाँ गरेको छ ।

बैंकको साधारणसभाले आफ्ना सेयरधनीलाई १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । बैंकले हाल १ सय २ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here