एलाइभ सहकारीको ४१.९ प्रतिशत कर्जा प्रवाह, ४३ लाख नाफा कमायो

काठमाडौं, २९ पुस । काठमाडौंको असनस्थित एलाइभ बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष शंकर बस्नेत तथा लेखा सुपरीवेक्षण समितिका तर्फबाट सदस्य ज्योति जि.सी ले प्रस्तुत गरेको प्रतिवेदन छलफलसहित पारित गरेको छ । यस्तै लेखा परीक्षकको प्रतिवेदन पनि सभाले छलफल गरी पारित गरेको छ ।

आर्थिक वर्ष २०७५/७६ को विवरणअनुसार २७८ जना महिलासहित ४५ जना सेयर सदस्य रहेको संस्थामा ३ करोड १३ लाख ५७ हजार १०० रुपैयाँ शेयर पूँजी छ । यस्तै सोही अवधिमा संस्थाले १४ करोड ५ लाख २५ हजार ६८५ रुपैयाँ बचत संकलन तथा १७ करोड २९ लाख १० हजार ११९ रुपैयाँ ऋण लगानी गरेको उल्लेख छ ।

गत आर्थिक वर्षको तुलनामा सहकारीले ५४ दशमलव ७६ प्रतिशतले बचत बृद्धि तथा ४१ दशमलव ९ प्रतिशतले कर्जा प्रवाहमा वृद्धि गरेको जानकारी दिएको छ । यस्तै सहकारीले यो वर्ष ४२ लाख ९९ हजार ६१० रुपैयाँ नाफा कमाएको छ भने नाफाबाट १२ लाख १ हजार ९९६ रुपैयाँ कर तिरेको बताएको छ ।

साधारणसभाको अवसरमा संस्थाले उत्कृष्ठ कारोबार गर्ने ७ जना सेयर सदस्य तथा २ जना कर्मचारीलाई सम्मान गर्नुका साथै उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here