स्वास्थ्यको लागि ‘सुनमा सुगन्ध’ टुसा उम्रेको गेडागुडी, यस्ता छन् फाइदा

काठमाडौं । आजकलको व्यस्त जीवनशैलीका कारण हाम्रो शरीरले सबै पोषक तत्त्व पाउँदैन जसकारण शरीर अनेकथरी रोगको समस्यामा पर्छ ।

अङ्कुर पलाएको (टुसा उम्रेको) गेडागुडीमा प्रशस्तै पाइने पौष्टिक तत्वहरू हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यको लागि अति नै फाइदाजनक हुन्छ।

यसमा हुने फाइबरले गर्दा हाम्रो भोक पनि मेट्दछ भने शरीरलाई प्रशस्तै ऊर्जा पनि प्रदान गर्दछ। टुसा पलाएको गेडागुडीमा रगत शुद्ध गर्नुका साथै छाला चम्किलोे बनाउने गुण हुन्छ ।

टुसा पलाएको दालमा विभिन्न प्रकारको रोगहरुबाट पनि बचाउने गर्छ । टुसा पलाएको अन्नको स्वास्थ्य फाइदालाई मध्यनजर गर्ने हो भने अधिकांश रोग तथा समस्यालाई यसले सजिलै रोकथाम गर्न सक्दछ।

शरीरको पाचनप्रक्रियामा सुधार, मोटोपनाबाट राहत, रक्तअल्पताको रोकथाम, कोलेस्ट्रोल नियन्त्रण, रक्तचाप नियन्त्रण, शिशुको मस्तिष्क विकास, क्यान्सरबाट बचाउ, छालाको स्वास्थ्यमा सुधार, आँखाको शक्तिमा वृद्धि अनि प्रतिरक्षा प्रणालीमा सुधार ल्याउने काम ‘टुसा पलाएको अन्न’ले गर्दछ।

यस्ता छन् टुसा पलाएको गेडागुडी खानुका फाइदाः

— टुसा पलाएको गेडागुडी अक्सिजनको प्रमुख स्रोत हो । अक्सिजनयुक्त खानेकुराले हाम्रो शरीरमा भएको भाइसर र व्याक्टेरीयालाई बाहिर निकाल्ने काम गर्छ ।

— टुसा पलाएको गेडागुडीमा शरीरको लागि आवश्यक सम्पुर्ण प्रकारका पोषक तत्व पाइन्छ । यस्तो गेडागुडीमा प्राटीन, कार्बोहाइड्रेट, भिटामीन र खनिज जस्ता पोषक तत्व पाइन्छ ।

— टुसा पलाएको गेडागुडीमा प्रसस्त मात्रामा फाइबर पाइन्छ । फाइबर पाचन प्रकृयाको लागि निकै फाइदाजनक मानिन्छ ।

— एक रात पूरै भिजाएर राखेको गेडागुडीमा प्रसस्त मात्रामा भिटामीन वी पाइन्छ । जुन स्वास्थ्यको लागि निकै लाभदायी मानिन्छ ।

— टुसा पलाएको गेडागुडी मासु नखाने मानिसको लागि सबैभन्दा उत्तम र फाइदाजनक मानिन्छ ।

— टुसा पलाएको गेडागुडीमा भरपुर मात्रामा क्यालोरी पाइन्छ । तौल घटाउन चाहने मानिसको लागि टुसा पलाएको गेडागुडी फाइदाजनक मानिन्छ ।

— यदी तपाईं कपाल झर्ने समस्याबाट चिन्तीत हुनुहुन्छ भने टुसा पलाएको गेडागुडीको रस दैनिक एक कचौंरा खाएमा यसमा भएको पोषक तत्वले कपाल झर्नबाट बचाउछ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here