प्रहरीमा इन्सपेक्टर र असई सहित ठूलो संख्यामा दरखास्त माग

काठमाडौं, १ माघ । नेपाल प्रहरीले ठूलो संख्याको लागि दरखास्त माग गरेको छ । जनपद समूह तर्फको रिक्त प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षकको माग गरेको छ भने मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले प्राविधिक पदका लागि १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको छ ।

प्रहरीका भर्ना छनौट महाशाखाले ७ सय ३३ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) को माग गरेको छ । माग अनुसार समावेशी आधारमा १ सय ४९ जना इन्सपेक्टर र ५ सय ८४ जना असई माग गरेको हो।

जस अनुसार खुला तर्फ ८० जना इन्सपेक्टर र असई तर्फ ३ सय १५ जना माग गरेको हो। यी पदका लागि सातै प्रदेशका प्रहरी मुख्यालय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीबाट दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

त्यसैगरि प्रहरीको प्रधान कार्यालय, मानवश्रोत एवं प्रशासन विभाग अन्तरगतको भर्ना छनोट महाशाखाले १ हजार ७२ जनाका लागि दरखास्त माग गरेको हो । जस अन्तरगत सञ्चार निर्देशनलाय तर्फ इन्जिनियरिङका लागि समावेशी आधारमा ६११ जनाको माग छ। त्यस्तै सूचना प्रविधि निर्देशनालयका लागि ४३ जनाको माग छ।

त्यस्तै भौतिक पूर्वाधार निर्देशनालयका लागि ६३ जना, सवारी महाशाखाका लागि १२६ जना, केनाइल महाशाखा तर्फ ५३ जना, हातहतियार मर्मत शाखाका लागि ६ जना, नेपाल प्रहरी अस्पतालका लागि १९ जना, केन्द्रीय विधि विज्ञान प्रयोगशालाका लागि ७ जना र नेपाल प्रहरी संगीत विद्यालय तर्फ १४४ जनाको माग गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here