राष्ट्र बैंक,मुक्तिनाथ विकास र देवः विकास बैंक सम्झौता, भुक्तानी प्रणालीमा सहजता

काठमाडौं, १ माघ । नेपाल राष्ट्र बैंकले मुक्तिनाथ विकास बैंक र देवः विकास बैंकसँग आरटिजिएस प्रणाली सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बम बहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवः विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

यस सम्झौता पश्चात भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here