ललितानिवास जग्गा प्रकरणका आरोपित ढकालको घरमा बम विस्फोट

काठमाडौं, १ माघ । बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका आरोपित शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ ।

प्रहरी स्रोतको अनुसार सानो भर्‍याङ्स्थित उनको घरमा बुधबार साँझ विस्फोट भएको हो । विस्फोटबाट पार्किङमा राखिएको गाडीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। विस्फोटका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here