दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं, २ माघ । बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर प्रालिका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत भक्तपुरले अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।

प्रसाईविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए। उक्त मुद्दामा अनुसन्धान र बयानका लागि प्रसाइलाई पक्राउ गर्न प्रहरीले अनुमति मागेको थियो । सोही उजुरीअनुसार अदालतले गिरीलाई पक्राउ गर्न अनुमति दिएको हो ।

डा गिरीले प्रसाईले २० करोड घुस मागेको आरोप लगाएर बेइज्जती र मानहानी गरेको भन्दै कडा कारबाहीको मागसहित मुद्दा दायर गरेका थिए।

पुस २३ मा पत्रकार सम्मेलन गरेर प्रसाईले आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले माफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए। लगत्तै गिरीले पनि पत्रकार सम्मेलन गरेर आरोप झूटो भएको भन्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।

अदालतको अनुमति लगत्तै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेपनि उनी भने नभेटिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here