मृत्युदण्ड सुनाइएका दोषीद्वारा कारागारमा नै आत्महत्याको प्रयास

काठमाडौं, ३ पुस । निर्भया बलात्कार तथा हत्या प्रकरण संलग्नमा मृत्युदण्ड सुनाइएका दोषीले कारागारमा नै आत्महत्याको प्रयास गरेका छन् ।

कडा सुरक्षा र सिसिटिभी क्यामेराको निगरानीका बावजुद दोषी विनय शर्माले तिहाड जेलमा फासी लगाएर आत्महत्या गर्ने प्रयास गरेका छन् । कारागार स्रोत र विनयका वकिल एपी सिंहका अनुसार यो घटना बुधबार बिहान भएको भारतको दैनिक भाष्करले लेखेको छ ।

विनयले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरे पनि त्यहाँ तैनाथ रहेका सुरक्षाकर्मीले उनलाई जोगाएका थिए । तर कारागारका महानिर्देशक सन्दीप गोयलले यो घटना इन्कार गरेका छन्।

श्रोतका अनुसार विनयलाई मेडिकल इन्स्पेक्शन रूममा २४ घण्टासम्म डाक्टरको निगरानीमा राखिएको थियो । घटनापछि जेल नम्बर २ मा रहेका विनयसहित मुकेश, अक्षय र पवनलाई जेल नम्बर ४ मा सिफ्ट गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here