व्यापार युद्धमा मारमा चीन, आर्थिक वृद्धिदर तीन दशककै न्यून

काठमाडौं, ३ माघ । चीनको आर्थिक वृद्धि तीन दशकमै पहिलोपटक सबैभन्दा न्यून दरमा वृद्धि भएको छ ।

चिनियाँ सरकारी विवरण अनुसार अमेरिका–चीन व्यापार युद्ध तथा विश्वमै मागमा आएको मन्दीका कारण चीनको आर्थिक वृद्धिदर खुम्चिएको हो ।

चिनियाँ राष्ट्रिय तथ्याङक अनुसार विश्वकै दोस्रो ठूलो अर्थतन्त्रको आर्थिक वृद्धि सन् २०१९ मा ६ दशमलब १ प्रतिशतले बढेको जनाइएको छ ।

दोस्रो चौमासिक अवधिमा कूल गार्हस्थ्य उत्पादन ६. २ प्रतिशत देखिएको थियो । जबकी पहिलो चौमासिक अवधिमा चीनको आर्थिक वृद्धिदर ६.४ प्रतिशत थियो ।

तर सरकारको जिडिपी प्रक्षेपण ६.० देखि ६.५ रहेकाले हालको वृद्धिलाई घटेको मान्न नसकिने चिनियाँ अधिकारीहरुको भनाई छ । यद्यपि सन् २०१८ को तुलनामा यो वृद्धिको अनुमान पनि कम नै हो । चीनको सन् २०१८ मा आर्थिक वृद्धि ६.६ प्रतिशत थियो ।

चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन ।

चीनको पहिलो छ महिनामा कूल निर्यात केबल शून्य दशमलब १ प्रतिशतले मात्र वृद्धि भएको छ । यो साता अमेरिका र चीनले पहिलो चरणको व्यापार मामिलासम्बन्धी समझदारीमा हस्ताक्षर गरेको बीबीसीले जनाएको छ । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here