हिमपातमा हराइरहेकाको उद्धारमा समस्या, प्रभावित क्षेत्रमा पुग्नै सकस

पोखरा, ५ माघ । अन्नपूर्ण पदयात्राका लागि गएका आठ विदेशी पर्यटक सहित तीन नेपाली अहिलेसम्म बेपत्ता रहेका छन् ।

शुक्रबारदेखी अन्नपूर्ण आधार शिविर (एबीसी) क्षेत्रमा हराईरहेका पदयात्री खोज्न सकस परेको छ । हराईरहेको क्षेत्रमा बाक्लो हिउ रहेका कारण उद्धारमा समस्या आएको प्रहरीले जानकारी दिएको छ ।

बेपत्ता हुने विदेशी पर्यटकमा दक्षिण कोरियाका जोङपिल डोङ, ली मिन सु, टोयो हायो वन र किम सुक जा तथा शेर्पा छिसिङ लामा, भरिया मीनबहादुर लामा र सरोज नेपाली छन् । यस्तै, मनाङमा चारजना चिनियाँ नागरिक सम्पर्कविहीन छन् ।

खोजिका लागि प्रहरीले तीनवटा टोलि परिचालन गरेको जनाएको छ । पहिरो क्षेत्रमा जोखिम रहेको र हिम परेकाले अहिलेसम्म पनि उद्धार टोली त्यहाँ पुग्न सकेको छैन ।

प्रहरीका अनुसार हेलिकोप्टरसमेत त्यस क्षेत्रमा अवतरण गर्न सकेको छैन । बेपत्ता भएका कोरियनहरु नेपालमा स्वयंसेवी शिक्षकका रुपमा कार्यरत रहेको दक्षिण कोरियाको विदेशमन्त्रालयले जनाएको छ ।

शनिबार बेपत्ताको खोजीका लागि हेलिकप्टरसमेत प्रयोग गरी खोजी गरिए पनि पत्ता लाग्न नसकेको बताइएको छ । पदयात्रामा गएर अलपत्र परेका एक सय ४१ जनाको भने उद्वार गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here