सुनको भाउ बढ्यो

काठमाडौं, ५ माघ । सुनको भाउ फेरि उकालो लागेको छ । अघिल्लो दिनको तुलनामा आइतवार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले वृद्धि भएको हो ।

आइतवार छापावाल सुन प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य ७४ हजार ७ सय रहेको कारोबार भइरहेको छ ।

अघिल्लो दिन छापावाल सुन प्रतितोला ७४ हजार ८ सय रुपैयाँमा करोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य ८९० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपियाँ कायम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here