अब भारतीयले पनि ड्यूटीफ्री सपबाट एक बोटल मात्र रक्सी किन्न पाउने

नयाँ दिल्ली । भारत सरकारले ड्ूटीफ्री सपबाट हुने रक्सी खरीदलाई कडाई गर्ने भएको छ ।

अब संसारभरका कुनै पनि एयरपोर्टबाट पनि भारत प्रवेश गर्ने भारतीय नागरिकले ड्यूटी फ्रि सपबाट मात्र १ बोटल रक्सी किन्न पाउने गरी आगामी बजेटमा प्रावधान राखिने भएको छ ।

अर्थमन्त्री सितारमण समक्ष वाणिज्य मन्त्रालयले यस प्रकारको नीति ल्याउन सुझाव दिएको छ । भारतमा १ फेब्रुअरीमा नयाँ बजेट आउँदैछ ।

भारतीय वित्त मन्त्रालय यसमा जुटेको छ । रक्सी खरीदमा भारतीयले गर्ने ठूलो रकम नियन्त्रण गर्न र आयात घटाउन यस्तो नीति ल्याउन लागिएको हो ।

अहिले एक व्यक्तिले ड्यूटी फ्रि सपबाट २ बोटलसम्म रक्सी किन्न सक्छन ।

नेपालमा पनि सरकारले चालु आवबाट रक्सी आयातमा कडाई गर्दै १ बोटल मात्र कयम गरेको छ । छिमेकी मुलुकहरुले लागु गरिसकेको सन्दर्भमा भारतमा समेत सोही प्रावधान ल्याउन लागिएको हो ।

अब भारतीयले ड्यूटी फ्री सपबाट एक सिगरेट समेत खरीद गर्न नपाउने भएका छन् । विलासिता तथा स्वास्थका लागि हानिकारक वस्तुको आयातले भुक्तानी सन्तुलन बिग्रिरहेको भन्दै सरकार यसमा कडाई गर्न जुटेको हो ।

अहिले भारत सरकार आर्थिक मन्दीबाट समेत गुज्रिरहेको छ ।

कुनै पनि विदेशी यात्रुले विमानस्थलबाट भारतमा प्रवेश गर्दा अधिकतम ५० हजार भारुसम्म ड्यूटीफ्रिबाट खरीद गर्न सक्छन् ।

जसमा दुई बोटल रक्सी र सिगरेट पनि थियो । सरकारले सिगरेट कटौती र रक्सीमा कडाई गर्न लागेको हो ।

भारत सरकारले स्वदेशी उत्पादनको प्रवद्र्धन तथा आयात कडाई गर्ने सन्दर्भमा जुत्ता चप्पल, कागज, रबडका सामान, खेलौनाजस्ता सामानको आयातमा भन्सार बढाउने भएको छ । साथै, फर्निचर, रसायनलगायतमा समेत भन्सार बढ्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here