मेस्सीको निर्णायक गोलले बार्सिलोना ला लिगाको शीर्ष स्थानमा

काठमाडौं, ६ माघ । लियोनल मेस्सीको निर्णायक गोलले ला लिगा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गर्यो

प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। दोस्रो हाफमा जर्मन साञ्जे बाराहोना रातो कार्ड खाँदै बाहिरिएपछि ग्रानडा १० खेलाडीमा सिमित हुन पुगेको थियो। ६९औँ मिनेटमा बार्सिलोनाका लियोनेल मेस्सीलाई खराब ट्याकल गरेका कारण रातो कार्ड पाएका थिए।

खेलको ७६ औँ मिनेटमा अर्जेन्टिनी फरवार्ड मेस्सीले गोल गरेपछि बार्सिलोनाले अग्रता बनायो। खेलमा बार्सिलोनाले १५ पटक ग्रानाडाको पोस्टमा आक्रमण गरेको थियो । ग्रानाडाको बलियो डिफेन्स तोड्न निकै कसरत गर्नु परेको थियो ।

जितसँगै बार्सिलोनाले २० खेलबाट ४३ अङ्क बनाएको छ । समान अङ्क भएको रियल मड्रिड गोल अन्तरका आधारमा दाेस्राे स्थानमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here