उपसभामुख शिवमाया तुम्बाहाङ्फेको राजीनामा

काठमाडौं,६ माघ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामाको घोषणा गरेकी छन् । सोमबार बसेको संसद बैठकमा सभामुख चयन प्रकृया सहज बनाउनका लागि आफुले मार्गप्रशस्त गर्न लागेको घोषणा गरेकी हुन् ।

‘मैले मार्ग प्रशस्त गर्ने निष्कर्षमा पुगेको छु,’ संसदमा उप सभामुख तुम्बाहाम्फेले भनिन्। सम्बोधनका क्रममा उनले संसद सचिवालयका कर्मचारीहरुलाई धन्यवाद समेत दिइन्।

संसदमा सम्बोधनपछि अब उनले राजीनामा पत्र संसद सचिवालयमा बुझाउने छिन्। एक महिना भन्दा धेरै समयदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आइतवार सत्तारुढ नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार चयन भएसँगै पुनस् चल्ने ढोका खोलेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here