प्रहरीकै गाडी ट्राफिक कारबाहीमा

काठमाडौं, ६ माघ । सडक ढाकेर पार्किङमा राखिएको प्रहरीकै गाडी ट्राफिक कारबाहीमा परेको छ । महानगरीय ट्राफिक प्रहरी रामशाहपथको टोलीले अनामनगरमा रोकि राखेको ना १ झ १४२५ नम्बरको प्रहरीको गाडीलाई ह्विल लक लगाएको हो।

उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको जनाईएको छ । काठमाडौं उपत्यकामा हुने अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न चारपाङ्ग्रे सवारी साधनमा ट्राफिक प्रहरीले लगाउँदै आएको ‘ह्विल लक’लाई थप व्यवस्थित बनाउँदै आएको छ ।

यसअघि गृह प्रवक्ताले चढ्ने गरेको बा २ झ ४३८८ नम्बरको गाडीमा सिँहदरबार नजिकै ट्राफिक प्रहरीले ह्विल लक गरेको थियो ।

पूर्व भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ महासेठ चढ्ने बा २ झ ४८६२ नम्बरको गाडीमा नयाँ बानेश्वरमा अनधिकृत रुपमा गाडी पार्किङ गरेको भन्दै ह्विल लक गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here