दुई हजारमै श्री एयरलाइन्सको टर्बोप्रोप क्यु मार्फत काठमाडौं-जनकपुर उडान

काठमाडौं, ६ माघ । निजी क्षेत्रको आन्तरिक उडानको वायुसेवा कम्पनी श्री एयरलाइन्सले दुई हजार रुपैयाँमा नै काठमाडौंबाट जनकपुर सीधा उडान सुरु गरेको छ ।

श्रीले केही महिनाअघि भित्र्याएको नयाँ टर्बोप्रोप क्यु–४०० जहाजमार्फत सोमबारदेखि नियमित उडान सुरु गरेको हो ।

यसअघि माघ १ गतेदेखि नै उडान गर्ने गरी तयारी भए पनि ट्राभल एजेन्सीमार्फत बुकिङ हुने टिकटलाई समय नपुगेका कारण सोमबारको लागि सरेको थियो ।

जनकपुरमा काठमाडौंबाट दैनिक मध्यान्ह १२ बजे जाने र साढे एक बजे फर्कने गरी वायुसेवाले उडान तालिका बनाएको छ।

उक्त गन्तव्य उडान भर्नका लागि श्रीएयरलाइन्सले गत मंसिर १५ गते जनकपुर र सिमरामा परीक्षण उडान गरेको थियो।

कम्पनीले हाल दुईवटा ५० सिटे सीआरजे-२००, दुईवटा ७८ सीआरजे-७०० मार्फत धनगढी, विराटनगर, नेपालगंज, भरतपुर र भैरहवालगायत मुलुकका विभिन्न गन्तब्यमा उडान गर्दै आएको छ।

सोमबार कम्पनीले पोखरामा परिक्षण उडान गरेको छ । परीक्षण सफल भएको र केही दिनमै नियमित उडान थालिने कम्पनीको दाबी छ ।

जनकपुर, सिमरा र पोखरा कम्पनीका लागि नयाँ गन्तब्य हुनेछन्। यी गन्तब्यमा कम्पनीले बम्बार्डियर कम्पनीको ८० सिट क्षमताको टर्बोप्रोप क्यु-४०० जहाजमार्फत नियमित उडान गर्नेछ।

श्री एयरलाइन्ससँग सिआरजे २०० र दुई सिआरजे ७०० गरी पाँच जहाज छन्। एयरलाइन्सले सन् २०१७ देखि फिक्स्ड विङबाट नियमित उडान शुरु गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here