२ सय देशका राष्ट्राध्यक्ष भेला पारेर भारतले मनाउँदैछ हरिद्धार महाकुम्भ

देहरादुन, ७ माघ । नेपाल भ्रमण वर्ष मनाइरहेको नेपालले भारतबाट धेरै कुरा सिक्न सक्छ, तर हामी गाली मात्र गर्न खप्पिस छौं । भारतले सन् २०२१ मा हरिद्धार महाकुम्भ आयोजना गर्दैछ ।

यसको तयारी आजै थालिएको छ । देहरादुनमा आयोजना हुने यस महाकुम्भलाई विश्वस्तरीय बनाउने तयारी छ ।

सरकारले यस कार्यक्रममा २ सय मुलुकबाट राष्ट्राध्यक्षलाई सहभागी गराउने गरी निम्ता पठाइरहेको समाचार माध्यमहरुले लेखेका छन् ।

त्यसमध्ये अधिकांश मुलुकले सहभागिता जनाउने छ । खासगरी गंगा नदी सफाई अभियान चलाइरहेको भारतले यसको स्वच्छताबारे विश्वमञ्चलाई जानकारी गराउने उद्देश्य राखेको छ ।

महाकुम्भका दौरान ५ लाख मोवाइल शौचालयको व्यवस्था गरी गंगातटलाई सफा राखिने भएको छ । यसबीचमा हरिद्धारमा अहिले विजुलीको तारलाई अण्डरग्राउण्ड गर्ने अभियान जारी रहेको छ र यसले शाही यात्रालाई सहज बनाउने छ ।

भारत सरकारले हरिद्धारको महाकुम्भलाई पर्यटन र पर्यावरणसँग जोडेर विश्वव्यापी बनाउने अभियान थालेको हो ।

यसले भारतलाई विश्वभरका पर्यटकको धार्मिक गन्तब्यका रुपमा स्थापित गर्ने लक्ष्य छ । यता, भ्रमण वर्ष मनाइरहेको नेपालले भने भ्रमण वर्ष शुरु भइसकेको अवस्थामा समेत पर्यटकलाई प्रभाव पार्ने खालका कुनै पनि गतिविधि गर्न सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here