नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट मोबाइल एपबाटै

फाइलफोटो

काठमाडौं, ७ माघ । राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सका विमानबाट आन्तिरक उडान गर्न हवाई टिकटको लागि ट्राभल एजेन्सीमै पुग्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

नेपाल एयरलाइन्सको घरेलु उडानको टिकट बुकिङ मोबाइल एपबाटै गर्न सकिने सुविधा प्रदान गर्न लागेको हो । नेपाल एयरलाइन्सकै मोबाइल एपमार्फत घरमै बसेर क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिने जनाएको छ ।

अहिले एन्ड्रोइड मोबाइलका लागि मोबाइल एप्लिकेसन बनेर सेवा सुरु भइसकेको छ भने आइओएसबाट पनि केही सातामै यो सेवा सुरु हुनेछ ।

अहिले अनलाइन बुकिङको लागि इसेवा र आइएमइ पेबाट भुक्तानी गर्न सकिन्छ । उनले अन्तर्राष्ट्रिय उडानको टिकट पनि बुक र खरिद गर्न मिल्ने गरी काम अगाडि बढिररहेको छ । यो सेवा केही साताभित्रै सुरु गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको छ ।

‘नेपाल एयरलाइन्स’ नाम रहेको राष्ट्रिय ध्वजावाहकको आधिकारिक मोबाइल एपबाट उडानमा हुने ढिलाइ र उडान रद्दलगायतका अन्य जरुरी सूचना पनि नोटिफिकेशनमार्फत् प्राप्त गर्न सकिनेछ ।

सुरुमा घरेलु उडानका लागि टिकट खरिद र बुकिङ गर्न सकिने भए पनि केही सातामै अन्तर्राष्ट्रिय उडानका टिकेट बुकिङ, नेपालका प्रमुख होटल तथा उडानका गन्तव्यहरुको बारेमा जानकारी दिनेगरी मोबाइल एप्लिकेशनमा काम पनि भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here