प्रधानमन्त्रीकै जिल्लामा काम गर्न कठिन, ६ महिनामा १० स्काभेटर जलाईयो

काठमाडौं, ८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा विकास निर्माणको काम गर्न कठिन हुने गरेको छ ।

बुधवार नेपाल निर्माण व्यवसायी महासंघको कार्यालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष रवि सिंहले सरकारविरुद्ध विद्रोह गरिरहेका समूहको कारण काम गर्न कठिन भएको बताएका हुन् ।

‘प्रधानमन्त्री ज्यू कै गृह जिल्लामा निर्माणकार्य गर्न सकिएको छैन्’,‘प्रधानमन्त्रीलाई नै च्यालेन्ज गर्दै प्रदेश नम्बर १ को झापा तथा अन्य जिल्लाहरुमा पटकपटक आक्रमण भईरहेको छ उनले भने ।’

प्रदेश १ मा मात्रै ६ वटा स्काभेटर जलाईयो

अध्यक्ष सिंहका अनुसार प्रदेश १ मा मात्रै हालसम्म ६ वटा स्काभेटर जलाईसकेको छ । जसमा निर्माण व्यवसायीको ६ करोड भन्दा धेरैको नोक्सान भएको छ ।

‘प्रदेश नं. १ मा मात्रै हालसम्म ६ वटा स्काभेटर जलाईसक्यो, जसको कारण निर्माण व्यवसायीको ६ करोड भन्दा धेरैको नोक्सान भईसकेको छ’ उनले भने, ‘मोरङ, उदयपुर र झपामा शृङ्खलाबद्ध रुपमा स्काभेटरमा आगो लगाईरहेको छ ।’

निर्माण व्यसायीलाई देशभर नै विद्रोहीको त्रास

महासंघका महासचिव रोशन दाहालका अनुसार अहिले देशभर नै निर्माण व्यवसायीलाई काम गर्न अप्ठ्यारो परिरहेको छ, जसको कारण त्रासको अवस्था सिर्जना भएको छ ।

‘अहिले देशभर नै निर्माणको काम ठप्पज जस्तै भएको छ, काम गर्ने वातावरण नै छैन्’ उनले भने, ‘निर्माण कार्य भईरहेको हरेक स्थानमा विद्रोहीले विस्फोटक पदार्थ राखेर मजदुर र निर्माण व्यवसायीलाई धम्क्याउने काम भइरहेको छ ।’

गएको ६ महिनामा देशभर १० भन्दा धेरै स्काभेटर जलाईएको र निर्माण कार्य धोस्त पारेको कारण निर्माण व्यवसायीलाई २० करोड भन्दा धेरै रकमको घाटा लागेको पनि अध्यक्ष सिंहले बताए ।

‘गएको ६ महिनामा मात्रै १० भन्दा धेरै स्काभेटर जलाईयो, अन्य निर्माण कार्य पनि ध्वस्त पारियो’ उनले भने, ‘जसको कारण निर्माण व्यवसायीलाई २० करोड भन्दा धेरैको घाटा लागिसक्यो ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here