नेपालका व्यस्त विमानस्थलको सरसफाई अवस्था जाँचिने, कुन-कुन परे सूचीमा ?

काठमाडौं, ९ माघ । नेपालका व्यस्त विमानस्थलको सरसफाईको अवस्था जाँचिने भएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) सँगको सहकार्यमा नेपालका १० विमानस्थलको सरसफाईबारे अडिट गरिन लागेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।

विज्ञप्तीमा जनाए अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (आन्तरिक र अन्तर्राष्ट्रिय) सहित विराटनगर विमानस्थल, चन्द्रगढी विमानस्थल, जनकपुर विमानस्थल, सिमरा विमानस्थल, र भरतपुर विमानस्थलमा यस्तो अडिट हुनेछ ।

साथै गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल (भैरहवा) , पोखरा अन्तराष्ट्रिय विमानस्थल, नेपालगन्ज विमानस्थल र धनगढी विमानस्थलको समेत सरसफाई अडिट हुने भएको छ ।

विमानस्थलहरुमा सरसफाईको मौजुदा अवस्थाबारे एक महिनासम्म स्थलगत अध्ययन गरी जानकारी लिने र प्राप्त सुझावका आधारमा आगामी दिनमा प्रभावकारी काम गर्ने उद्देश्य राखिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

समझदारी अनुसार २० फागुनदेखि १९ चैत २०७६सम्म एक महिना विमानस्थलको स्थलगत अध्ययन भ्रमण गरी सरसफाईको अवस्थाबारे रिपोर्ट तयार हुने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here