समृद्धिको लागि आवश्यक पर्ने प्रविधि विकास गर्नेलाई सरकारले १० लाख दिने

काठमाडौं, १० माघ । नेपालको समृद्धिको लागि आवश्यक पर्ने प्रविधि विकास गर्ने व्यक्ति वा संस्थालाई नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नास्ट)ले १० लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ ।

नाष्टले शुक्रबार एक सूचना प्रकाशित गर्दै नयाँ प्रविधिको विकास साथसाथै विद्यमान प्रविधिलाई सुधार व्यक्ति वा संस्थालाई पनि गसो बराबरकै अनुदान दिने तयारी गरेको हो ।

प्रतिभाशाली नेपाली नागरिकको पहिचान गरि उनीहरुलाई हौशला दिँदै उनीहरुको नविनतम प्रविधि विकास गर्ने कार्यक्रम अन्तर्गत यस्तो अनुदान उपलब्ध गराउन लागेको बताइएको छ ।

यसका लागि इच्छुक मानिसहरुले प्रस्ताव सहितको आवेदन माग गरेको छ । यसका लागि शुक्रबार देखि गणना हुने गरी ३५ दिनभित्र यस्तो प्रस्ताव नाष्ट कार्यालयमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रस्तावको ढाँचा पाि नास्टको वेबसाइटमा उपलब्ध छ । यसका लागि कुनै प्रकारको शैक्षिक योग्यताको बन्देज लगाईएको छैन् । यसरी प्राप्त अनुदान अनुसार यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्नुपर्ने पनि नाष्टले स्पष्ट पारेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here