गर्भपतन गराउँदा भ्रूणलाई पनि आमाको जत्तिकै पिडा !

काठमाडौं । गर्भपतनलाई सरकारले कानुनी मान्यता दिए पनि गर्भपतन गराउने औषधिको जथाभावी प्रयोगका कारण धेरै महिलाको ज्यान जोखिममा रहेको छ ।

असुरक्षित यौन सम्बन्धबाट जोगिन युवा–युवती र दम्पत्तिहरूले अस्थायी साधन प्रयोग गर्न रुचाउँदैनन् । गर्भनिरोधक अस्थायी साधनको प्रयोग नगरी गर्भपतन गराउने युवती तथा महिलाको संख्या बढ्दो छ ।

गर्भपतनका औषधि सहज रूपमा उपलब्ध हुने भएकाले पनि आकस्मिक गर्भपतन गराउने युवतीको संख्या बढेको हो । खासगरी सहरदेखि गाउँसम्मै गर्भपतन गराउनेको संख्या बढिरहेको छ । गर्भपतन गराउँदा नजन्मिएको बच्चालाई पिडा हुँदैन भन्ने ठान्छन् ।

एक अध्ययनका अनुसार पेट भित्रका बच्चाले १३ हप्ता भन्दा अगाडिदेखि नै पीडा र दुखाइ जस्ता भाव महसुस गर्न सक्छन् । उनीहरुले दुःखाइ र पीडा भएको महसुस गर्न सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

गर्भपतन गराउने समयमा तिनलाई पनि आमालाई जत्तिकै दुख्ने र पिडामा हुने गरेको बताइएको छ । भ्रूणले २४ हप्ता अगाडि कुनैपनि किसिमको दुखाइ महसुस गर्नु असम्भव रहेको परम्परागत मान्यता रहँदै आएपनि हालका केही अध्ययनहरुले यसको विपरित निष्कर्ष पुष्टि गरेको स्वीकार गरेका हुन् ।

अहिलेसम्मका सबै गर्भपतन प्रक्रियामा २४ हप्ता अगाडि भ्रूणले कुनै दुखाइ महसुस नगर्ने चिकित्सकीय धारणा रहँदै आएको थियो । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here