६ हजार धरौटीमा रिहा भए सांसद दीपक मनाङ्गे

काठमाडौं, १२ माघ । प्रदेश सांसद दीपक मनाङ्गे ६ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई हातपात गरेको अभियोगमा पक्राउ परेको मनाङ्गेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले ६ हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो । यसअघि कार्यालयले मनाङ्गेलाई २ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

गण्डकी प्रदेशमा पहिलोपटक आयोजित ‘मुख्यमन्त्री कप फुटबल प्रतियोगिता’ को उद्घाटनपूर्व मनाङेले आयोजक एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई तीन झापड हानेका थिए । मनाङेले झापड हानेको स्वीकारसमेत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here