किन जाँदैछ काठमाडौंका यी स्थानमा सोमबार ९ घण्टा बत्ती ? यस्तो छ कारण

काठमाण्डौं, १३ माघ । अहिले काठमाडौंका विभिन्न स्थानहरुमा बत्ती गएको छ ।

नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार अहिले चक्रपथ विस्तारको लागि रुख काट्ने काम भैरहेका कारण सोमबार बिहान ७ देखि दिउँसो ४ बजेसम्म महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित बिजुलीको लाइन काटिएको छ ।

प्राधिकरणले दिएको सूचना अनुसार अहिले बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गोङ्गबु चोक, टोखा रोड हुँदै ग्राण्डी हस्पिटल आसपासको क्षेत्रमा बत्ती गएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here