धितोपत्र बजारमा उछाल, नेप्से २४ अंकले बढ्दा ९१ करोडको कारोबार

काठमाडौं, १३ माघ । आइतवार राताम्मै रहेको धितोपत्र बजारमा सोमवार भने उछाल नै आएको छ । सोमवार नेप्से परिसूचक २३.९५ अंकले बढेर १ हजार ३००.६२ अंकमा पुगेको छ । यो संख्या आइतवारको तुलनामा १.८८ प्रतिशत बढी हो ।

सोमवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ४.५३ अंकले बढेर २ सय ७९.१५ अंकमा पुगेको छ ।

सोमवार कारोबारमा आएका सबै समुहको सूचक बढ्यो । सबैभन्दा धेरै ट्रेडिङ समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ४.४७ प्रतिशत बढ्यो । त्यस्तै, होटलको ४.२६ प्रतिशत, लघुवित्तको ३.३४ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

सोमवार कारोबारमा भने खासै परिवर्तन आएन् । आज १ सय ८० कम्पनीको २४ लाख ९ हजार २ सय ६२ कित्ता शेयर ११ हजार २ सय ९ पटक किनबेच हुँदा ९१ करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै सम्मीट लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । सम्मीटको शेयर मूल्य ७.७९ प्रतिशत बढ्यो । त्यस्तै, निरुढी लघुवित्त विकास बैंकको ७.६३ प्रतिशत, फस्ट लघु फाइनान्स विकास बैंकको ७.०२ प्रतिशत बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा जोशी हाइड्रोपावर विकास कम्पनीका शेयर धनी छन् । जोशी हाइड्रोपावरको शेयर मूल्य ३.०७ प्रतिशत घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गर्यो । नेपाल लाइफले ८ करोड १४ लाख २८ हजार रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here