८३ यात्रुसहित उडेको विमान दुर्घटना

एजेन्सी, १३ माघ । एरियन एयरलाइन्स दुर्घटनामा परेको छ।

एरियाना अफगान एयरलाइन्सको विमान देह याक जिल्लाको सादोखेल क्षेत्रमा दुर्घटना भएको हो ।

८३ यात्रुसहित उडेको विमान अफगानिस्तानको स्थानी समयअनुसार १: १० बजे घाजिनी प्रान्तको देह याक जिल्लाबाट १५ किलोमिटर दुरीमा दुर्घटना भएको हो।

स्थानीय मिडियाले जनाए अनुसार विमानमा प्राविधिक कारणले आगो लाग्न पुगेको थियो।

दुर्घटना भएको प्रान्त तालिबानीहरुको नियन्त्रणमा रहेको क्षेत्र भएकाले उद्दारकर्मीलाई सहज नरहेको बताइएको छ। थप विवरण आउन बाँकी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here