प्रदेशले मागे ३३ प्रतिशत बजेट, विकास कार्यमा ‘डुप्लिकेशन’ नगर्न प्रमको आग्रह

काठमाडौं, २१ चैत । प्रदेशका मुख्य मन्त्रीहरुले संघीय सरकारसँग आगामी आर्थिक वर्षमा संघीय बजेटको ३३ प्रतिशत बजेट आफूहरुलाई दिन माग गरेका छन् ।

बिहीबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सामुहिक भेटमा उनीहरुले यस्तो माग राखेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले आगामी बर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गरेका थिए ।

प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने कुरामा जोड दिएको उनको सचिवालयले बताएको छ ।

‘कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय,प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बँुदेको कार्यान्वयन तदारुकताका साथ गरिने पनि बताएका छन् ।

प्रधानमन्त्री ओलीले आँधी पिडित बारा र पर्साकाका बासिन्दालाई राहत र पुनस्र्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् । सरकारले यसअघि नै आँधीबेरी पिडित परिवारका लागि आवास निर्माणमा सहयोग गर्ने निर्णय गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here