आस्था राउत अस्पताल भर्ना, मंगलबार धरौटीमा रिहा हुने संकेत

काठमाडौं, १४ माघ । प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतलाई अस्पताल भर्ना गरिएको छ । सोमबार बेलुका बिरामी परेपछि चिकित्सकको सल्लाहमा उनलाई त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा भर्ना गरिएको हो ।

अभद्र व्यवहारमा उजुरी परेपछि गायिका आस्था सोमबार प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन् । प्रहरीमाथि अभद्र व्यवहारको अभियोग लागेर हाल थुनामा रहेकी गायिका आस्था राउत मंगलबार धरौटीमा रिहा हुने सम्भावना रहेको स्रोतले जनाएको छ ।

प्रहरीले सरकारी वकिलले तयार पारेको अभियोग पत्रसहित मंगलबार गायिका राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here