‘एमसीसी नेपालका लागि ठूलो सहयोग हो, अनेक शंका गर्नु जरुरी छैन’

काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी परियोजना एमसिसी सदनबाट पारित गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै विपक्षी दलका नेता देउवाले यति धेरै अमेरिकी सहयोग नेपाललाई कहिल्यै नभएको भन्दै एमसिसी पारित गर्नुपर्ने बताए । त्यस्तै देउवाले आफू प्रधानमन्त्री भएको बेलामा एमसीसी क्याबिनेटले पास गरेको स्मरण गरे ।

देउवाले सापकोटालाई बधाई दिँदै प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्न आग्रह गरे। भने, ‘विपक्षीलाइ जति विश्वासमा लिनुहुन्छ त्यति सजिलो हुन्छ।’

उनले सभामुखमा दमननाथ ढुंगानाले जस्तै भूमिका खेल्न सुझावसमेत दिए। ‘दमननाथ ढुंगानाजस्तै प्रतिपक्षीलाई विश्वासमा लिएर अघि बढ्नुस्। शुभकामना,’ देउवाले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here