बाबुरामको व्यङ्ग्य-‘व्यवस्थापिकाबाट जन्मने आमा ठूलो कि बच्चा’ ?

काठमाडौं, १४ माघ । समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधि सभाको सभामुख कार्यकारी प्रधानमन्त्रीको पदभन्दा पछि परेको बताएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखलाई शुभकामना दिदै भट्टराईले कार्यकारी प्रमुख ठूलो कि व्यवस्थापिकाका प्रमुख भन्ने प्रश्न गरेका छन् ।

पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले मार्यादा क्रममा राज्यको प्रमुख राष्ट्रपति र उपराष्ट्रपति हुन् । त्यसपछिको मार्यादा क्रममा आउनुपर्ने जनप्रतिनिधि सभाको सभामुख हो ।

सबै नितिहरुको लोकतान्त्रीक अभ्यासको उद्गम थलो प्रतिनिधि सभा हो । तर दर्भाग्यवस अरुको नक्कल गरेर होला हामीले कार्यकारणीलाई माथि राख्यौ । किनकि कार्यकारणी व्यवस्थापिकाबाट जन्मने भएपछि जन्माउने आमा ठूलो कि बच्चा ठूलो भन्ने प्रश्न गरे ।

उनले कांग्रेसलाई व्यङ्ग्य गर्दै मेलमिलापको नाममा मागेर नखानसमेत आग्रह गरे। भट्टराईले भने, ‘प्रतिपक्षले आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ। मेलमिलापको नाममा मागेर खानुहुँदैन।’

एमसीसीमा पार्टीको गुटको गन्धमा आएको उनको दाबी थियो। भने, ‘एमसीसीमा कुनै पार्टीको गुटको गन्ध आएको छ। यो ठीक छैन।’

त्यसैगरी उनले टीकापुर घटना राजनीतिक घटनाका रुपमा लिनुपर्ने धारणा राखे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here