प्रतितोला ४०० रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १५ माघ । बुधवार छापावाल सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घट्यो ।

मंगलवार प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधवार ४०० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

बुधवार तेजावी सुनको मूल्यमा पनि प्रतितोला ४०० रुपैयाँले नै घट्यो । मंगलवार प्रतितोला ७५ हजार ७०० रुपैयाँमा कारोबार भएको तेजावी सुनको मूल्य बुधवार ४०० रुपैयाँ घट्दै प्रतितोला ७५ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

बुधवार चाँदीको मूल्य पनि घटयो । मंगलवार प्रतितोला ८ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधवार २५ रुपैयाँ घट्दै प्रतितोला ८ सय ७० रुपैयाँ कायम भएको महासंघले बताएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here