‘म्यान भर्सेस वाइल्ड’ मा भारतिय सुपरस्टार रजनीकान्त

काठमाडौं । भारतिय सुपरस्टार रजनीकान्त बेयर ग्रिल्सको सो म्यान भर्सेस वाइल्डमा देखिने भएका छन् ।

सो को लागि रजनीकान्तले सुटिङ पुरा गरिसकेका छन् । सुटिङको समयमा उनलाई सामान्य प्रकारका चोटपटक आएको पनि भारतिय सञ्चार माध्यमहरुले बताएका छन् ।

एक अन्तरवार्तामा रजनीकान्तले भने, ‘मैले म्यान भर्सेस वाइल्डको सुटिङ पुरा गरिसके । सुटिङको समयमा मलाई सामान्य चोट मात्रै लागेको हो कुनै खास ठूलो समस्या भने होइन् ।’
यसअघि भारतिय प्राधनमन्त्री नरेन्द्र मोदीलाई पनि म्यान भर्सेस वाइल्डमा देखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here