भारतसंग सुपर ओभरमा हार्यो न्युजिल्याण्ड, काम लागेन विलियमसनको ९५ रन

काठमाडौं, १५ माघ । टी–२० क्रिकेट सिरीजको तेस्रो खेलमा भारतले न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गरेको छ।

न्युजिल्याण्डको हामिल्टनमा भएको खेलमा भारतले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७९ रन बनायो। बराबरी भएसँगै खेल सुपर ओभरमा धकेलिएको थियो।

न्युजिल्याण्डको लागि कप्तान केन विलियमसनले विष्फोटक पारी खेले पनि उनको पारीले न्युजिल्याण्डलाई जित दिलाउन सकेन। उनले ४८ बलको सामना गर्दै ९५ रन बनाएका थिए ।

भारतको बलिङतर्फ शर्दुल ठाकुरले २ विकेट तथा युज्भेन्द्र चाहल र रविन्द्र जडेजाले समान एक एक विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २ण् ओभरमा ५ विकेट गुमाउँदै १ सय ७९ रन बनाएको थियो।

सुपर ओभरमा न्युजिल्याण्डले भारतलाइ १८ रनको लक्ष्य दिएको थियो। उक्त लक्ष्य पछ्याएको भारतलाइ अन्तिम २ बलमा १० रन चाहिएको थियो। रोहित शर्माले सुपर ओभरको अन्तिम २ बलमा लगातार छक्का हान्दै भारतको जित पक्का गरे।

यससँगै ५ खेलको टी–२० सिरीजमा भारतले ३ खेल जित्दै उपाधी कब्जा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here