लामखुट्टेको टोकाईबाट बच्न बजाउनुहोस् म्युजिक !

गर्मी महिनामा लागेपछि यसै त हामीलाई राती निन्द्रा लाग्दैन, त्यसै माथि पनि लामखुट्टेको कानै खाने आवाजले हाम्रो सुताईलाई कष्टप्रद बनाउँछ ।

विशेषगरी लामखुट्टेको टोकाईबाट बच्नको लागि झुलको प्रयोग गर्नु राम्रो मानिन्छ । त्यस बाहेक धुप, लिक्विड भेपोराइजर र मल्हमहरु पनि बजारमा पाइन्छन् जसको प्रयोगबाट हामी लामखुट्टेको टोकाइबाट बच्न सक्छौं ।

तर, यदि तपाईंलाई यी चीजहरुको प्रयोग गर्न मन लाग्दैन भने लामखुट्टेको टोकाइबाट बच्ने अर्को उपाय पनि छ, त्यो हो संगीत बजाउने ।

एक्टा ट्रोनिकामा प्रकाशित एक अध्ययनका अनुसार ‘डबस्टेप’ म्युजिक बजाएर पनि लामखुट्टेको टोकाईबाट बच्न सकिन्छ । ‘डबस्टेप’ चर्को आवाजयुक्त इलेक्ट्रोनिक डान्स म्युजिक हो ।

अझै ‘डबस्टेप’मा पनि विशेषगरी ‘स्केरी मोनस्टर्स’ र ‘नाइसप्रिट्स’को संगीत बजाउँदा लामखुट्टेले नटोक्ने अध्ययनले बताएको छ ।

शोधकर्ताहरुका अनुसार उक्त प्रकारको संगीतको आवाजले लामखुट्टेको टोकाईबाट लाग्ने रोगहरुबाट बँच्न पनि सघाउँछ ।

लामखुट्टे लगायत विभिन्न अन्य प्राणीहरुको प्रजनन् र संख्या नियन्त्रणको लागि आवाज महत्वपूर्ण हुने पनि शोधकर्ताहरुले बताएका छन् ।

(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here