धितोपत्र बजारः नेप्से साढे १९ अंकले बढ्दा झण्डै २ अर्बको कारोबार

काठमाडौं, १६ माघ । साताको अन्तीम दिन धितोपत्र बजारमा सुधार देखिएको छ । विहिवार नेप्से परिसूचक १९.५१ अंकले बढेर १ हजार ३ सय २५.३८ अंकमा पुगेको छ ।

विहिवार ‘क’ वर्गका कम्पवनीहरुको मामपक सेन्सेटिभ इन्डेक्समा पनि सुधार देखियो । सेसेटिभ इन्डेक्स ३.५७ अंकले बढेर २ सय ८१.७६ अंकमा पुगेको छ ।

विहिवार कारोबारमा आएका मध्ये ट्रेडिङ बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक १.९१ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै निर्जीवन बिमा समुहको सूचक बढ्यो निर्जीवनको सूचक ३.९६ प्रतिशत बढ्यो । त्यस्तै, जीवन बिमाको २.२८ प्रतिशत, बैकिङ्ग समुहको १.६१ प्रतिशत, होटल समुहको १.१९ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

विहिवार कारोबारमा पनि निकै सुधार आएको छ । आज १ सय ७८ कम्पनीको ४६ लाख २ हजार १ सय १ कित्ता शेयर १९ हजार ८ सय ७४ पटक किनबेच हुँदा १ अर्ब ९६ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

विहिवार सबैभन्दा धेरै एभरेष्ट इन्स्योरेन्सका शेयर धनीले कमाए । इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, सुर्य लाइफ इन्स्योरेन्सको ९.८६ प्रतिशत, यूनाईटेड फाइनान्सको ८.९३ प्रतिशत बढ्यो भने अन्य कम्पनीको पनि राम्रै अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा हिमालयन उर्जा विकास कम्पनीका शेयर धनी छन् । हिमालयनको शेयर मूल्य ५.३५ प्रतिशत घट्यो । त्यस्तै, ग्रीन डेभलभमेन्ट बैंकको ५.१२ प्रतिशत घट्यो भने अन्य कम्पनीको सामान्य अंकले घट्यो ।

विहिवार सबैभन्दा धेरै कारोबार सुर्य इन्स्योरेन्सले गर्यो । इन्स्योेरेन्सले ११ करोड ३६ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here