कोरोना संक्रमण : विश्व स्वास्थ्य संगठनद्धारा छैठौं आपतकालिन अवस्था घोषणा

काठमाडौं, १७ माघ । विश्व स्वास्थ्य संगठनले इतिहासमै छैटौं पटक विश्वव्यापी स्वास्थ्य आपतकालिन अवस्था घोषणा गरेको छ ।

कोरोना भाइरसको संक्रमणबाट दुई सय भन्दा बढी मानिसको निधन भएसँगै संगठन यस्तो निष्कर्षमा पुगेको हो ।

यसअघि संगठनले ५ पटकसम्म विश्व आपतकालिन घोषणा गरिसकेको छ ।

संगठनका अनुसार सन् २००९ मा स्वाइनफ्लु, सन् २०१४ मा पोलियो, सन् २०१६ मा जिका, सन् २०१४ र सन् २०१९ मा इबोला सङ्क्रमण फैलिएको समयमा विश्व स्वास्थ्य आपतकालिन अवस्था घोषणा भएको थियो ।

यस पटक छैटौं आपतकालिन घोषणा भएको हो । चीनको वुहान प्रान्तबाट फैलिएको यस रोगको संक्रमणले चीनमा मात्र २ सय भन्दा माथिको ज्यान गएको छ ।

डेढ दर्जन मुलुकमा संक्रमित भेटिइसकेका छन् । दुई हप्ता अघि मात्र फैलन थालेको भाइरसले ठूलो क्षेत्र प्रभावित भएपछि संगठन यस्तो निष्कर्षमा पुगेको हो ।

खासगरी स्वास्थ्य प्रणाली कमजोर भएका मुलुकमा यस रोगले संक्रमण बढाउन सक्ने भन्दै संगठनले चासो समेत व्यक्त गरेको छ ।

संसारमा सबैभन्दा धेरै यात्रा गर्ने चिनियाँ नागरिक हुन् । उनीहरुमार्फत रोग संसारभर नफैलियोस भन्नका लागि धेरै मुलुकले आफ्नो हवाई उडान रद्द गरिरहेका छन् । यसले चीनमा ठूलो मानवीय संकट उत्पन्न हुने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here