निलम्बित भए यौन शोषण आरोपी एसएसपी राणा

काठमाडौं । सुनसरीको संघीय प्रहरी इकाइ कार्यालयमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) सौरभ राणा निलम्बनमा परेका छन्।

राणालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले विहीवार निलम्बन गरेको हो।

राणलाई झापाकी एक महिलालाई यौन शोषण गरेको आरोप लागेको थियो । आरोप लागेपछि प्रधान कार्यालयले निलम्बन गर्न गृहलाई अनुरोध गरेको थियो।

राणा विहीवारदेखि नै निलम्बनमा परेको गृह मन्त्रालयले जनाएको छ ।

राणा निलम्बन भएसँगै उनीविरूद्ध ती महिलाले सुनसरी प्रहरीमा जाहेरी दिएकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here