चीनको हुवेई प्राप्तबाट नेपालीलाई जहाज चार्टर्ड गरी फर्काइने

काठमाडौं । चीनको हुवेई प्रान्तमा रहेका नेपालीलाई लिन नेपालको जहाज चीन जाने भएको छ । बेइजिङस्थित नेपाली दूतावासका अनुसार उक्त प्राप्तमा रहेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ ।

त्यसक्रममा आवश्यक प्रक्रियाका लागि फाराम भर्न दूतावासले नेपाहीहरुलाई आग्रह गरेको छ । यो प्राप्त कोरोना भाइरसबाट अति प्रभावित क्षेत्र हो ।

यहाँ सयौं नेपाली रहेको भनिएपनि कति संख्यामा छन् भन्ने यकिन भएको छैन । सोहीकारण दूतावासले पहिले फारम भर्न भनेको हो ।

फारम भर्ने नेपालीको संख्या यकिन भएपछि उनीहरुलाई लिन चीनबाट जहाज जाने भएको छ ।

दूतावासले शनिबार सूचना निकाल्दै फारम आइतबारसम्म भर्न भनेको छ । शनिबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले चीनमा रहेका नेपालीलाई फिर्ता गर्न जहाज चार्टर्ड गर्न लागिएको बताएका थिए ।

उनले नेपालमा भने कोरोनाको प्रकोप भयाभह नभएको बताएका थिए । दूतावासका अनुसार हुवेई प्राप्तबाट भने सबै नेपालीलाई घर फर्काइने भएको छ । उनीहरुलाई नेपालमा ल्याएर पनि छुट्टै राखेर स्वास्थ्य जाँच गराउने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here