काठमाडौं । नेपालीहरुले पैसा, स्वाद र सन्तुष्टिका हिसावले कुनै एक उत्कृष्ट खाजाको नाम लिन लगाए उनिहरुको मुखबाट म: म: आउने गरेको छ ।
हामी खाजा खान होटेलमा जान्छौँ । मेनु हेर्छौं, तलदेखि माथिसम्म । र, सबैको आँखा गएर अड्किने परिकार हो, मःम । खाजाका रूपमा आजभोली सबैले मःम रुचाउँछन् ।
अधिकांस मानिसको मन पराउने खाजाको सेटमध्ये म:म धेरै पर्छ । मैदाबाट बन्ने म:म बजारमा धेरै प्रकारका पाइने गर्दछ । म:म रहर मात्रै नभएर बाध्याताको खाना जस्तै बनेको छ ।
पहिले सिमित ठाँउमा म:म पसलहरु हुने भएतापनि अहिले चोकचोक र गल्ली गल्लीमा खुलेका छन । म:म नेपालमा २०२० सालदेखी नै खान थालिएको अनौपचारिक तथ्याङक छ ।
तिब्बती खाना म:म नेपालमा व्यापारका लागी तिब्बत जाने काठमाडौंका नेवारी समुदायले भित्राएको अनुमान छ ।
तर खुला बजारमा पाइने यस्ता म:म स्वास्थयका लागि भने हानिकारक मान्ने गरिन्छ । चिकित्सकहरुको अनुसार अनुसार त्यस्ता परिकारहरु खाँदा अनावश्यक तौल बढ्ने हुन्छ । साथै हड्डी खिइने समस्या देखा पर्छ ।
म:म: होस् वा अन्य मैदाबाट बनेको खानेकुराको साइड इफेक्ट हुन्छ । मैदा गहुँको परिस्कृत आँटा हो । यसमा फाइबर हुँदैन । मैदालाई सेतो तथा चमकदार बनाउन बेन्जोइल परअक्साइडले ब्लीच गरिएको हुन्छ, जुन स्वास्थ्यका लागि हानिकार हुन्छ । मैदा खाँदा शरीरमा सुगरको मात्रा बढ्छ, किन कि यसमा हाइ ग्लाइसेमिक इन्डेक्स हुन्छ ।
ब्लड सुगर बढ्दा रगतमा ग्लुकोज जम्ने गर्छ । जसले गर्दा शरीरमा केमिकल रियाक्सन हुन्छ । यसले मुटु सम्बन्धि रोग लाग्ने गर्छ । ममको अत्याधिक सेवनले कब्जियतको समस्या हुन्छ ।
यसले टाउको दुख्नेलगायतका समस्या निम्त्याउँछ । जुन मानिस नियमित रुपमा मैदाबाट बनेको मम वा अन्य खानेकुरा खान्छ उसको रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । मैदा बनाउँदा निकालिएको प्रोटिनका कारण मैदामा एसिडको मात्रा बढी हुन्छ । जसले गर्दा शरीरका हड्डी कमजोर हुन्छन् ।
मैदाको सेवनले स्वास्थ्यमा ल्याउने समस्या
मैदा अर्थात् रिफाइन्ड आँटा स्वास्थ्यका दृष्टिकोणले खानयोग्य मानिँदैन । यदि तपाईं पनि दैनिक रुपमा मैदाबाट बनेका खानेकुरा सेवन गर्नुहुन्छ भने बुझ्नुहोस्, तपाईं रोगलाई निमन्त्रणा गर्दै हुनुहुन्छ । किनकि, मैदाको सेवनले शरीरमा विभिन्न प्रकारका असर पुर्याउने गर्छ, जुन समयको उत्तरार्द्धमा शरीरमा देखा पर्न थाल्छ ।
मैदाको प्रयोग विशेषगरी समोसा, कचौरी, मःम, चाउमिन बनाउन प्रयोग गरिन्छ । यी मैदा गहुँको पिठोझैं आटाबाटै बन्ने गर्छ । त्यसका लागि सबैभन्दा पहिले गहुँलाई राम्ररी सफा गरिन्छ र यसको माथिल्लो भागलाई पूर्ण तरिकाले हटाइन्छ ।
त्यसपछि उक्त पिठोलाई बेन्जोल पेरोक्साइडद्वारा ब्लिच गरिन्छ, जसले गर्दा पिठोको रङ पूरै सेतो हुन्छ ।
त्यसपछि यसलाई पिसेर पूरै मसिनो बनाइन्छ । त्यसमा भएको फाइबरलाई समेत बाहिर निकालिन्छ, जसले गर्दा मैदा हानिकारक बन्न पुग्छ । स्मरण रहोस्, बेन्जोल पेरोक्साइडले क्यान्सर गराउने भएकाले चीन र युरोपमा यसको प्रयोगमा प्रतिबन्ध लगाइएको छ ।
शरीरमा रोग लाग्ने सम्भावना बढेर जान्छ । मैदाबाट बनेका परिकारको सेवनले बारम्बार रोग लाग्न सक्छ ।
मुटु रोग र बाथ रोग बढाउँछ । मैदाबाट बनेका खानेकुराको सेवनले रगतमा ब्लड सुगरको मात्रा बढ्न थाल्छ, जसले गर्दा रगतमा ग्लुकोज जम्मा हुनथाल्छ । त्यसका कारण रसायन प्रतिक्रिया उत्पन्न भई बाथ र मुटु रोगको जोखिम बढ्छ ।
पेटका लागि हानिकारक हुन्छ । पेटमा हानी पुर्याउने खानेकुरामा मैदा सबैभन्दा अग्रपंक्तिमा आउँछ । यसमा फाइबर रत्तिभर पनि नहुने हुँदा कब्जियतको समस्या निम्त्याउँछ ।मधुमेहको समस्या ल्याउँछ ।
मैदाको सेवनले रगतमा ब्लड सुगरको मात्रा तुरुन्तै बढ्ने गर्छ । यसमा ग्लाइसेमिक इन्डेक्स अधिक हुने गर्छ, जसले गर्दा मधुमेहको खतरा बढ्छ । तपाईं पनि मधुमेहबाट बच्न चाहनुहुन्छ भने मैदाको प्रयोग सकेसम्म कम गर्नु नै फाइदाजनक छ ।
मोटोपना बढाउँछ । मैदाबाट बनेका खानेकुराको अधिक सेवनले तौल बढ्ने समस्या अधिक हुन्छ । मैदाको अधिक प्रयोगले रगतमा कोलेस्टेरोल बढ्नुुका साथै ट्राइग्लिसराइडको तह पनि उच्च हुन्छ ।
हड्डी कमजोर बनाउँछ । मैदा बनाउँदा प्रोटिन पूर्ण नष्ट हुँदा मैदा एसिडिक बन्न पुग्छ । त्यसले हड्डीमा भएको क्याल्सियम सोस्छ र हड्डीलाई कमजोर बनाउँछ ।
मैदामा अधिक मात्रामा ग्लुटन पाइन्छ, जसले मैदालाई लचिलो बनाउँछ । जबकि, कैयौं मानिसलाई ग्लुटनका कारण फुड एलर्जीको समस्या हुने गर्छ । जबकि, यसको ठीकविपरीत गहुँमा प्रोटिन र फाइबर ज्यादा मात्रामा पाइन्छ ।