‘शहर र गाउँको राजनीतिक अन्तर कि हामी आउटडेटेड ?’

काठमाडौं, १९ माघ । समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समाजको चेतमाथि प्रश्न उठाएका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका डा भट्टराईले आइतबार बिहान एक ट्वीट गर्दै शहर र गाउँमा राजनीतिक चेतको खाडल रहेको भन्दै प्रश्न गरेका हुन् ।

काठमाडौंबाट विराटनगर जानेक्रममा उडानमा परिचारिकाले आफूलाई चिकित्सक हो भनेर सोधेको भन्दै डा.भट्टराईले तर, गाउँको सानो चियापसल सञ्चालन गर्ने युवतीले बाबुराम आएको भन्दै कराएको उल्लेख गरेका छन् ।

उक्त दुई घटनालाई शहर र गाउँको राजनीतिक चेतको अन्तरबारे उनले आफूहरु आउटडेटेड नेता भइसकेको हो भन्दै प्रश्न पनि गरेका छन् । शिक्षित र सबै सुविधाको पहुँच भएकाहरुको बाहुल्यता रहने मानिने सहरका शिक्षित वर्गमा राजनीतिक चेत नरहेको उनको भनाइमा देखिन्छ ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत डा। भट्टराईले आफूलाई शिक्षित वर्गले नभएर गाउँका सामान्य पेसा गर्नेले चिनेको भन्दै सहर र गाउँबीचको राजनीतिक चेतबारे उदाहरण प्रस्तुत गरेका छन् ।

ट्वीटरमा डा. भट्टराईले लेखेका छन्, ‘बिराटनगर जाने उडानमा परिचारिकाले सोधिन्– तपाईं डाक्टर हो ? म– हैन । किन सोध्नुभो ? उनी–डाक्टरकहाँ जाँदा देखेजस्तो लागेर ।

केहीपछि चतरानेर कोशीपुलमा सानो चिया पसलमा पसियो । पसले युवती चिच्याइन्–ओहो बाबुराम ? म– कसरी चिन्नुभो ? उनी– फोटो र टिभीमा देखेर । मनमन– शहर र गाउँको राजनीतिक चेत ? वा हामी outdated ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here