स्वास्थ्यको लागि काँचो मेवा खानु फाइदै फाइदा

काठमाडौं । मेवालाई मीठो फलको रूपमा लिने गरिन्छ। अन्य फलफूलको तुलनामा मेवा निकै स्वस्थ फल मानिन्छ। यो फल पेट तथा मुटु दुबैको लागि निकै लाभदायी हुन्छ।

जुनसुकै मौसममा पनि सर्वसुलभ रूपमा पाइने फल हो मेवा । खाँदा मीठो हुने भएकाले मेवालाई धेरैलाई मनपर्ने फलफूलको रूपमा लिने गरिन्छ। मेवा खान जति मीठो हुन्छ, यसमा पाइने विभिन्न खालका भिटामिनहरूले गर्दा मेवा खानु हाम्रो शरीरका लागि फाइदाजनक पनि मानिन्छ।

मेवालाई भिटामिन को प्रमुख स्रोत मानिन्छ । भिटामिन सी, ए, पोटासियम तथा क्याल्सियम र आइरनले भरिपूर्ण मेवा ले पेट, मुटु र कलेजोको रोग र आन्द्राको कमजोरी हटाउनमा सहयोगी हुन्छ ।

पाकेको मेवा शरिरको लागि फाइदाजनक मानिन्छ । प्राय मानिसहरु पाकेको मेवाको फाइदाको बारेमा मात्रै चर्चा गर्ने गर्छन् । तर तपाईंलाई काँचो मेवाको फाइदाको बारेमा थाहा छ ?

काँचो मेवा हाम्रो शरिरको लागि निकै फाइदाजनक हुन्छ । यसले हामीलाई विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ । काँचो मेवाले मोटोपन, जन्डिस, मधुमेह जस्ता रोगमाम औषधिको रुपमा काम गर्छ ।

साथै मेवा मुटुरोगीका लागि समेत उपयोगी हुनुका साथै कोलेस्ट्रोलका विरामीका लागि समेत लाभकारी हुन्छ । फाइदाका साथै छालाको रंगमा निखार आउनुका साथै चमक पनि बढाउंछ ।

पाकेको मेवा अनुहारमा लगाउंदा समेत यसले छालालाई चम्किलो बनाउनुका साथै दाग धब्बा हटाउन सहयोग गर्छ । मेवामा पाइने लवण, भिटामिन तथा इन्जाइमका कारण यो फलको नियमित सेवनले कपाल पनि स्वस्थ बन्दछ ।

मेवाको बिउमा समेत कलेजोलाई स्वस्थ राख्ने गुण हुन्छ । मेयाको फलभित्रको गेडालाई पिँधेर महमा मिलाएर खानाले कलेजो स्वस्थ राख्न मद्धत पुग्ने बताइन्छ । मेवामा प्रसस्त पोटासियम पाइन्छ ।

त्यसकारण यसको सेवनले रक्तचाप सन्तुलित पार्नुका साथै हाइपरटेन्सनको समस्या भएका विरामीका लागि फाइदा गर्छ । मेवामा कार्पेन वा कार्पेइन्ज नामक क्षारिय तत्व पाइन्छ, जसले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ ।

काँचो मेवा खानुका फाइदा यसप्रकार छः

लिभरको लागि फाइदानक

लिभर सम्बन्धी समस्या भएको मानिसको लागि काँचो मेवा निकै फाइदाजनक मानिन्छ ।

जन्डिस भएको अवस्थामा लिभरमा निकै संक्रमण हुन्छ, यस्तो अवस्थामा लिभरको सुरक्षामा निकै महत्त्वपुर्ण भुमिका खेल्छ ।

ग्याष्टिकको अन्त्य

काचो मेवाले पेटमा भएको ग्याष्टिकको समस्यालाई अन्त्य गर्ने काम गर्छ । यसले पाचन प्रकृयालाई सक्रिय बनाइराख्नमा महत्वपुर्ण काम गर्छ ।

क्यान्सरबाट बचाउछ

काचो मेवामा एन्टी ओक्सीडेंट र फीटोन्यूट्रिएट्स पाइन्छ । जसले हाम्रो शरिरमा क्यान्सर पैदा गर्ने केशिकाको उत्पादनलाई रोक्छ ।

मधुमेहका विरामीको लागि फाइदाजनक

मधुमेहका विरामीको लागि काँचो मेवा निकै फाइदाजनक मानिन्छ । यसको नियमीत प्रयोगका कारण रगतमा भएको सुगरको मात्रा नियन्त्रण हुन्छ, जसको कारण मधुमेहको समस्या कम हुन्छ ।

यूरिन इन्फेक्सन हटाउन सहयोग

काँचो मेवामा पाइने भिटामीनले पिसाब सम्बन्धी यन्फेक्सनलाई बढ्न दिँदैन् । धेरैजसो यो समस्या महिलाहरुमा देखिन्छ । त्यसकारण महिलाले पनि यसको सेवन गर्नुपर्छ । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here