धितोपत्र बजारमा उछाल, नेप्से साढे २१ अंकले बढ्दा २ अर्बको करोबार

काठमाडौं, १९ माघ । साताको पहिलो दिन नै शेयर बजारमा उछाल देखियो । आइतवार नेप्से परिसूचक २१.२६ अंकले बढेर १ हजार ३ सय ४६.६४ अंकमा पुगेको छ । यो संख्या कारोबार भएको दिनको तुलनामा १.६० प्रतिशत बढ्यो ।

आइतवार ‘क’ वर्गका कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स पनि बढ्यो । सेन्सेटिभ इन्डेक्स ४.९९ अंकले बढेर २ सय ८७.७५ अंकमा पुगेको छ ।

आइतवार ट्रेडिङ र जीवन बिमा समुह बाहेक अन्य सबै समुहको सूचक बढ्यो । ट्रेडिङको सूचक ०.०८ प्रतिशत घट्यो भने जीवन बिमाको ०.०१ प्रतिशत घट्यो ।

सबैभन्दा धेरै बैकिङ्ग समुहको सूचक बढ्यो । बैकिङ्गको सूचक २.३५ प्रतिशत बढ्यो । त्यस्तै, उत्पादन तथा प्रशोधनको १.९४ प्रतिशत, निर्जीवन बिमाको १.७२ प्रतिशत बढ्यो भने अन्य समुहको पनि राम्रै अंकले बढ्यो ।

आइतवार कारोबारमा पनि सुुधार आएको छ । आज १ सय ७५ कम्पनीको ५३ लाख ४६ हजार ५ सय ८ कित्ता शेयर २० हजार ६ सय ३५ पटक किनबेच हुँदा २ अर्ब ७ करोड ७९ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

आइतवार सबैभन्दा धेरै ग्रामिण लघुवित्त वित्तीय संस्थाका शेयर धनीले कमाए । लघुवित्तको शेयर मूल्य ९.९३ प्रतिशत बढ्यो । त्यस्तै, नयाँ नेपाल लघुवित्त विकास बैंकको ९.८९ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको ९.८८ प्रतिशत बढ्यो ।

आइतवार सबैभन्दा कारोबार सुर्य लाइफ इन्स्योरेन्सले गर्यो । इन्स्योरेन्सले १० करोड ११ लाख रुपैयाँ बराबरको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here